Logo

तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति



कखरा संवाददाता


३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आमागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शुक्रबार बसेको नेपाल तरुण दलको बैठकले उपाध्यक्ष उत्तम चापागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

३७ जिल्लामा हुन लागेको उपनिर्वाचनका लागि गठन गरिएको उक्त समितिमा सम्बन्धित जिल्लाका अध्यक्षहरुलाई सदस्य राखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए । साथै तरुण दलले केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा केन्द्रीय उपनिर्वाचन अनुगमन समितिसमेत बनाएको छ ।

त्यसैगरी सो उपनिर्वाचनमा तरुण दलका सम्बन्धित जिल्ला अध्यक्षहरुलाई उप–निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्