Logo

कालापानी विवाद समाधानका लागि प्रधानमन्त्रीस्तरमै संवाद गर्नुपर्छ: नारायणकाजी श्रेष्ठ



कखरा संवाददाता


३० कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन्।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको उनले बताए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी गरे। ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट भएको नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो’, श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ।’

त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्