Logo

यातायातका अधिकृत सहित ५ पक्राउ



कखरा संवाददाता


२८ कात्तिक, काठमाडौं । यातायात व्यवस्था कार्यालय काठमाडौंका अधिकृतसहित ५ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा यातायातका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी रहेका छन् ।

रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सजिलो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्