Logo

अमेरिका जान खोज्दा ३२ दिनदेखि बन्धक



कखरा संवाददाता


२७ कात्तिक, काठमाडौं । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेकाहरु काठमाडौं आइपुगेका छन् । दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको हो ।

भारतीय एजेन्टको पछि लाग्दा मानव तस्करको फन्दामा परेका चार जना नेपाली नेपाल ल्याइएका हुन् । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउने आश्वासन दिएपनि उनीहरुलाई शारीरिक र मानसिक यातना दिएर राखिउको थियो ।

नेपाल प्रहरीले मलावी प्रहरीसँगको परामर्शपछि उनीहरुलाई उद्धार गर्न सफल भएको जनाएको छ । प्रहरीका अनुसार प्रतिव्यक्ति १५ लाख रुपैयाँभन्दा बढी खर्चिसकेका उनीहरुलाई थप रकम माग्दै बनत्रक बनाइएको थियो । प्रहरीले मलावीमा ६ जनाको उद्धार गरिएको र ५ जना अझै गिरोहको कब्जामा रहेको जनाएको छ । कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्