Logo

आलम प्रकरण : पीडितलाई बन्धक बनाएर बयान फेर्ने लगाइयो



कखरा संवाददाता


२७ कात्तिक, काठमाडौं । राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आमल पक्षले बम विस्फोटमा घाइेत भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साझी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् ।

बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे । आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रुपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवदेन दिन लगाएका थिए ।

४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेका बेला ४–५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफ्न्तको घरमा बन्धक बनाएर राखेको बताए । मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्