Logo

सागका लागि फुटबल टोलीको घोषणा, स्वर्ण रक्षाको चुनौती



कखरा संवाददाता


२६ कात्तिक, काठमाडौं । आसन्न १३ औँ दक्षिण एसियाली खेलकुद(सागका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले यू–२३ राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलरक्षकतर्फ विकेश कुथु, अर्पन कार्की र दीप कार्की छन्। अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकाश खवास, मिकचेन तामाङ र छिरिङ गुरुङले नेपाली टोलीको रक्षापंक्ती सम्हाल्नेछन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आमदाङम्बे र तेज तामाङ छनोट भए। विमल घर्तिमगर, अभिशेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्टले नेपाली टोलीको अग्रपंक्ती सम्हाल्ने छन् ।

१३ औँ साग आगामी १ देखि १० डिसेम्बरसम्म नेपालमा आयोजना हुँदै छ। नेपाल साग पुरुष फुटबलको साविक विजेता हो । सन् २०१६ मा आयोजित पछिल्लो सागमा नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको हो । नेपालले साग पुरुष फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको थियो ।

साग फुटबलमा यू–२३ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ जसमा अधिकतम ३ जना ‘ओभर एज’खेलाडीलाई टोलीमा समावेश गर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्