Logo

पूर्व सहायक मन्त्री ज्योति छोरीसहित थुनामा



कखरा संवाददाता


२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालतले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका ज्योती र उनकी छोरी सुरुचीलाई अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको थियो।

काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् । प्रहरीले दुवैलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो। दुवै जना बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको कान्तिपुरले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्