Logo

कुन प्रदेशमा को प्रदेश प्रमुख तोकिए



कखरा संवाददाता


१९ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमबार सातै प्रदेशका लागि सिफारिस गरेका प्रदेशप्रमुखहरुको शपथ ग्रहण मंगलबार हुने भएको छ । नेकपा सचिवालय बैठकका अनुसार सिफारिस गरिएका नामहरुलाई नै मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । एमालेको कोटाबाट चार र माओवादीको कोटाबाट तीन जनाको नाम सिफारिस गरिएको एक नेकपाका नेताले जानकारी दिए ।

प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासीलाई सिफारिस गरिएको छ भने प्रदेश नम्बर २ मा तिलक परियार सिफारिसमा परेका छन् । त्यस्तै, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गर्न राष्ट्रपति कार्यालयमा नाम पठाइएको छ ।

प्यासी, प्रसाईँ, यादव र कलौनी एमालेको कोटाबाट प्रदेश प्रमुखमा परेका हुन् । शेरचन, परियार र त्रिपाठी भने माओवादी कोटाबाट प्रदेश प्रमुख चुनिएका हुन् । सुदुरपश्चिम क्षेत्रमा सिफारिसमा परेकी त्रिपाठी बेपत्ता माओवादी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्