Logo

मन्त्री रावलमाथि ठगी मुद्दा



कखरा संवाददाता


१९ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्री प्रकाश रावलमाथि किर्ते र ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्रीमा सरकारी कागजात किर्ते र ठगी गरेको आरोपमा रावलसहित ३६ जना सेयर सदस्यविरुद्द मुद्दा दर्ता भएको हो ।

तारादत्त जोशीसहितका सेयर सदस्यहरुले तत्कालीन सञ्चालक समिति अध्यक्ष इन्द्रराज बडू र क्याम्पस प्रमुख भोलानाथ शर्माका नाममा ०७५ साउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्