Logo

भान्छामा सिलिन्डर ‘बम’



कखरा संवाददाता


१९ कात्तिक, काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिन्डर जोखिमपूर्ण अवस्थामा भेटिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा ग्यास सिलिन्डर बम जस्तै जोखिमपूर्ण अवस्थामा भेटिएका हुन् ।

कुनै पनि बेला बिक्रेताको पसलसहित उपभोक्ताको भान्छामा सिलिन्डर विस्फोट हुन सक्ने अवस्थामा फेला पारिएको विभागका अधिकारीले बताए । एलपी ग्यास बोटलिङ प्लान्टमा तयार गरी विभागले कार्यान्वयनमा ल्याएको नेपाल गुणस्तर ५३३ मा आबद्ध उद्योगबाटै गम्भीर त्रुटि भेटिएको छ । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको उद्योगबाटै सिलिन्डर बम उत्पादन भइरहेको छ ।

धादिङस्थित सिद्धार्थ र ओम तथा बालाजुस्थित नेपाल ब्रान्डको उद्योगमा गम्भीर त्रुटि भेटिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सिद्धार्थ, ओम र नेपालको सिलिन्डर लिकेज परीक्षणबिना बजारमा पठाइएको थियो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्