Logo

चीनमा सुरु भयो फाइभ जी सेवा



कखरा संवाददाता


१६ कात्तिक, एजेन्सी । चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । यससँगै चीनले प्रविधिमा अर्को छलाङ मारेको छ ।

चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् । यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र प्रविधिमा टकरावको स्थिति छ ।

फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ । चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए ।

समाचारहरुमा जनाइएअनुसार यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन् । सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार पाइभ जी डेटा प्लानको मूल्य १२८ देखि ५९९ युआनसम्म छ ।

प्रतिक्रिया दिनुहोस्