Logo

राजपुर बम बिस्फोट : प्रहरीले बुझायो यस्तो प्रतिवेदन



कखरा संवाददाता


१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस रौतहटका नेता एवम् प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ ।

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम बिस्फोट गरी तीनवटा आरोप लगाईं जन्मकैद सजाय माग दाबी गरेको छ ।

रौतहट प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरुपमा मानिस परिचालन गरेको बिस्फोटपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकाली अभियोजन पत्रमा आलमलाई आजीवन कारावासको सजाय माग दाबी गरिएको हो । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्