Logo

देउसी खेल्न बोलाएर ‘बलात्कार’



कखरा संवाददाता


१४ कात्तिक, काठमाडौं । गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही क्रममा गत असार पहिलो साता इन्दहाङ राईसाँग चिनजान भयो ।

दिदीको सँगै पढ्ने साथी भएकोले उनी दाई भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ’ दिदीले भनिन् । भाइटीकाको अघिल्लो दिन ती किशोरी कोठामा एक्लै थिइन् । राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् ।

दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् ।

राईले केहीबेरपछि देउसी सुुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरेको खबर कान्तिपुर दैनिकमा छ । ‘माहौल ठीकठाक नै थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो,’ पीडित किशोरीले भनिन्, ‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्