Logo

अमेरिकामा बस्‍ने नेपालीले मनाए देऊसी-भैलो र तिहार



कखरा संवाददाता


१४ कात्तिक, टेनिसी । अमेरिकाको टेनिसीमा न्याशभिल नेपलीज एसोसिएसनको (एनएनय)ले नेपालीहरुको महान चाड दसैँ तथा तिहारको उपलक्ष्यमा शुभकामान आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।

२६ अक्टोबरमा एनएनयले दसैँ, तिहार, नेपाल सम्बत् तथा छठको उपलक्ष्यमा उनीहरुले आपसमा शुभकामना आदान प्रदान गरेका थिए । उक्त कार्यक्रममा ग्रेअटर न्याशभिल तथा छिमेकि राज्य केन्टकी क्षेत्रमा बसोबाश गर्ने नेपाली समुदाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली मौलिक पहिरनमा सजिएर आएका सहभागीहरुलाई सांस्कृतिक कार्येक्रममा रमाउने मात्रै नभई दशैं तथा तिहारको बिशेष परिकारको रुपमा नेपाली स्वादको आलुको अचार, सेलरोटी, खसीको माशु अनि घरमै बनाएको जेरीसमेत खानाको व्यवस्था गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम अनतर्गत स्थानिय नेपाली बालक सृजल श्रेष्ठले मालती धुन बजाएका थिए भने श्रग्बी श्रेष्ठ, अंशु थापा तथा बर्निक खड्काले सुन्दर नृत्य प्रस्तुति गरेका थिए ।

साथै बिद्यार्थी संयोजोक माधव पराजुलीको संयोजकत्वमा टेनिसी स्टेट युनिभर्सिटीमा अध्यनरत विधार्थीहरु सन्ध्या न्यौपाने श्रेष्ठ, मिलन पन्त, रवि बिक, कृष्ण न्यौपाने, बन्दना भुसाल र बिमला आचार्यले बिबिध नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । यसैगरी सन्जिब घिमिरे र धनराज तामाङको नेतृत्वमा देउसी भैलो कार्कयक्रम समेत आयोजना गरिएको थियो ।

नेपालबाट आफ्नो परिवारसँग दसैँ, तिहार मनाउन अमेरिका आएका श्री ढकालले यहा रहेका बौद्धिक तथा व्‍यावसायिक नेपाली समुदयलाई स्वदेश फर्केर अवशर सिर्जना गरी देश सेवामा लाग्न प्रेरित गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा रमाईरहेका यसै संस्थाका पूर्व अध्यछ डा। घनश्याम भट्टले वर्षभरी विदेशी भूमिमा ब्येस्त हुने नेपाली समुदयेलाई एकदिन भएपनि आपसी जमघट र रमाइलो गर्ने अवशर जुटाईदिएकोमा बर्तमान कार्यसमितिलाई धन्यवाद व्‍यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्