९ कात्तिक, काठमाडौं । तिहारको मौका छोपेर पटाकासहितको विस्फोटक पदार्थ र अवैध हातहतियारसहितका वस्तु राजधानी भित्रिने सक्ने भन्दै नाका चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ ।
पटाकासहितका विस्फोटक पदार्थ ओसारपसारमा कडाइ गर्दै आएको प्रहरीले तिहारको मौका छोपेर हातहतियारसमेत ओसार पसार हुन सक्ने भन्दै राजधानी भित्रिने नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष टोली खटाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले राजधानी भित्रिने सबै नाकामा तालिमप्राप्त कुकरसहितको विशेष टोली खटाइएको बताउनुभयो । राजधानी दैनिकले खबर छापेको छ ।