Logo

सामाजिक सुरक्षा : जम्मा रकम मात्रै १६ हजार, परिवारले पाउन थाले मासिक १७ हजार



कखरा संवाददाता


८ कात्तिक, काठमाडौं । सरकारले २०७५ मंसिर १ गते घोषणा गर्दै २०७६ साउन १ गतेबाट सुरु गरेको सामाजिक सुरक्षा कोषअन्तर्गतका योजनाहरू कार्यान्वयनमा आएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषका योजनाअन्तर्गत हालसम्म दुई परिवारले दाहसंस्कार लागि २५र२५ हजार रुपैयाँ र मासिक रूपमा मासिक निवृत्तभरण दिने कार्य पनि सुरु भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनाएका छन् । क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङ मोक्तानको मृत्यु भएको छ ।

उनीहरू र कार्यरत प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा दर्ता भइसकेको अवस्थामा उनीहरूलाई निवृतभरण र अन्य सुविधा दिन थालिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषकाअनुसार थापाले १६ हजार रुपैयाँ योगदान गरेका छन् । तर, उनको परिवारले मासिक रूपमा १७ हजार एकसय रुपैयाँ पाउन सुरु गरेको छन् । दाहसंस्कारको लागि यसअघि नै रकम उपलब्ध गराइएको छ ।

कोषबाट हालसम्म योगदानकर्ताले चार किशिमका सुविधा पाउने व्यवस्था गरिएको छ । त्यस्तै, मोक्तानले नौ हजार रुपैयाँको योगदान गरेकोमा उनको परिवारले मासिक रूपमा १० हजार २०० रुपैयाँ निवृत्तभरण पाउने छ । कति महिना योगदान गर्‍यो वा कति रकम योगदान गर्‍यो भन्ने आधारमा नभई आधारभूत पारिश्रमिकको ६० प्रतिशत योगदानकर्ताले तोकको परिवारले आजीवन पाउने छन्भने शैक्षिक योगदानअन्तर्गत योगदानकर्ताको छोरा–छोरी एकजना भएको योगदान गरिने रकमको ६० प्रतिशतसम्म एकजना भएमा दुई वा दुईभन्दा बढी भएमा ४० प्रतिशतका दरले २१ वर्षको उमेरसम्म शैक्षिक निवृत्तभरण पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्