Logo

को बन्ला उत्कृष्ट गोलरक्षक ?



कखरा संवाददाता


५ कात्तिक, एजेन्सी । बालोन डी’ओर सँगै फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष उत्कृष्ट गोलरक्षकका लागि पनि अवार्ड प्रदान गर्छ । याशिन अवार्ड नाम दिइएको अवार्डका लागि यो वर्ष लिभरपुलका एलिसनसहितका १० गोलरक्षक मनोनयनमा परेका छन् ।

बालोन डी’ओर जित्ने एक मात्र गोलरक्षक याशिनको नाममा राखिएको अवार्डका लागि म्यानचेस्टर सिटीका एडर्सन, चेल्सीका केपा एरिजाबालागा, टोटनह्यामका हुगो लोरिस तथा बार्यन म्युनिखका मानुएल नुयर मनोनयनमा परेका छन् ।

यस्तै इन्टर मिलानका सामिर हान्डानोविच, एथ्लेटिको मड्रिडका ज्यान ओब्लाक, अजाक्सका आन्द्रे ओनाना, युभेन्टसका वोइचिक्स चेस्नेय र बार्सिलोनाका टेर स्टिजेन पनि मनोनयनमा छन् ।

यसैगरी २१ वर्षमुनिका खेलाडीका लागि प्रदान गरिने कोपा ट्रफीका लागि यो वर्ष बोरुसिया डर्टमुण्डका जाडन सान्चो, एभर्टनका मोइसे केन र आर्सनलका मातेओ गुएन्डोउजीसहित मनोनयनमा परेका छन् । गएको वर्ष यो अवार्ड केलियन एमबाप्पेले जितेका थिए ।

यस्तै यो वर्ष मनोनयनमा पर्नेमा युभेन्टसका माथेज डी लिग्ट, रियल मड्रिडका भिनिसिअस जुनियर, भालाडोलिडका एन्ड्री लुनिन, बायर लेभरकुजनका काइ हाभर्टेज, एथ्लेटिको मड्रिडका जोआओ फेलिक्स, भिल्लारियलका सामुएल चुकवुएज र भ्यालेन्सियाका ली काङ्ग–इन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्