Logo

डिभीले बढायो राहदानी बनाउनेको भीड, एकै दिनमा तीन हजार आवेदन



कखरा संवाददाता


५ कात्तिक, काठमाडौं । राहदानी विभागमा राहदानी बनाउने भीड अस्वभावित रुपमा बढेको छ । सोमबार आवेदनको संख्या करिब तीन हजार पुगेको छ ।

यसअघि दैनिक बढीमा ५०० आवेदन पर्दै आएको थियो । दशैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्याधिक वृद्धि भएको हो । त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

राहदानी बनाउन आउने अधिकांशको धारण छ, ‘अमेरिकी डिभीले गर्दा दुःख पाइयो । राहदानी नम्बर नभए डिभीको फारम स्वीकार हुँदैन रहेछ।’ असोज १५ मा खुलेको डिभी २०२१ को कार्यक्रम कात्तिक १९ मा सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्