Logo

पौडेललाई पक्रेर गोली प्रहार



कखरा संवाददाता


५ कात्तिक, काठमाडौं । मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव समूह सर्लाहरीका इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको छ निश्कर्ष निकाल्दै संलग्नलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउण्ड गोली हानेको आयोगले जनाएको छ । आयोगले आदेश दिने उच्च प्रहरी अधिकमरी माथि पनि छानविन गरी कारबाही गर्न सुझाएको छ । प्रहरीको दाबी जस्तो दोहोरो भीडन्त वा आत्म रक्षाको स्थिति पुष्टि नभएको र द्धटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ ।

आयोगको पदाधिकारीको सोमबारको बैठकले आफ्नो छानविन प्रतिवेदन आधारमा प्रच्यक्ष संलग्न तथा कमाण्डर समेत रहेका प्रहरी निरीक्षकद्वय कृष्णप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन कारलाई सिफारिस गरेको छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्