Logo

महिलालाई ललाइफकाई यौन धन्दामा लगाउने पक्राउ



कखरा संवाददाता


५ कात्तिक, काठमाडौं । महिलालाई ललाइफकाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युवतीहरुलाई रोजगारमा लगाइदिन्छु भन्दै ठमेल आसपासका होटेलमा लगि जबरजस्ती यौन धन्दामा लगाउँदै आएका सर्लाहीका टंक माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरिय प्रहरी वृत दरबारमार्गको टोलीले आइतबार बा १ ज १९७७ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा सोधपुछ गर्दा तीन जना युवती फेला पारेको थियो । युवतीहरुले माझीले आफूहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको बयान दिएपछि प्रहरीले माझीलाई पक्राउ गरेको समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्