Logo

चीन र अमेरिकासँग नेपालको तास व्यापार



कखरा संवाददाता


३ कात्तिक, काठमाडौं । दुई ठूला राष्ट्र चीन र संयुक्त राज्य अमेरिकासहित चार राष्ट्रसँग नेपालले तासको व्यापार गर्ने गरेको देखिएको छ । चालू आर्थिक वर्षको दुई महिना नेपालले चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट तास भित्र्याएको छ ।

दशैं तिहारको समयमा तासको माग बढी हुने गरेको व्यपारीहरूले बताउने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौ महिनामा मात्रै ३३ लाख ४१ हजार २०६ वटा बट्टा तास आयात भएको छ । नेपालमा सबैभन्दा बढी तास छिमेकी देश चीनले पठाएको छ। चीनले साउन र भदौ महिनामा २९ लाख ६ हजार १४१ बटा तास नेपालमा पठाएको छ । जसको मूल्य चार करोड ४२ लाख २४ हजार रुपैयाँ पर्छ ।

त्यस्तै, अर्को छिमेकी देश भारतबाट नेपालले दुई महिनाको अवधिमा चार लाख ३५ हजार ५८ बट्टा तास आयात गरेको छ । जसको मूल्य ३१ लाख पाँच हजार रुपैयाँ रहेको छ । यसबाहेक संयुक्त राज्य अमेरिका र थाइल्याण्डबाट एकरएक बट्टा तास आयात भएको छ । तासको व्यापारबाट नेपालले दुई करोड ५५ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । जसमा चीनबाट आयात भएको तासबाट मात्रै दुई करोड ४० लाख रुपैयाँको राजस्व उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्