Logo

नेपालमै यस्तो विवाह, दाइजोमा भालु र सर्प



कखरा संवाददाता


३ कात्तिक, सिरहा । तराईमा दाइजोको बिगबिगी छ । तराईमा विवाहमा नगदसँगै सवारी साधन माग्ने गरिन्छ । तर तराईमै बसोबास गर्ने मुस्लिम समुदाय अन्तरगतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

नट समुदायमा अधिकाँशको जग्गाजमिन छैन । भालु र सर्प नचाएर र सर्प देखााएर पारीवारिक गुजारा चलाउँदै आएका छन् । नट समुदायले नचाउने गरेको कालो भालु वन्य जन्तु हो ।

पछिल्लो समय जंगलमा समेत कालो भालु पाइन छोडेको छ । यदि जंगलमा भालु पाइए हाले पनि त्यसलाई समातेर ल्याउन पाइदैन । त्यो कानुन विपरीत हुनेछ । भालु जंगलमा समात्न नपाइने भएपछि नट समुदायले आ–आफ्नै ढंगले त्यसलाई हुर्काउने गरेका छन् ।

नट समुदायमा दाइजोमा प्रयोग हुने भालुको महत्व बढ्दै गएको छ । विवाहमा भालुलाई अमूल्यवान दाइजो मानिन थालेको छ । नट समुदाय शहरका चोक र विभिन्न ठाउँमा मानिस भेला पारी विभिन्न किसिमका सर्प देखाउँदै र भालु नचाउँदै हिड्छन् । उनीहरुले त्यही घण्टामै हजार पन्ध्र सय रुपैयाँ समेत कमाउँछन् ।

भालु नचाउन भन्दा त्उसलाई पाल्न ग्राहो छ । एउटै भालुले दिनमै ४ लिटर दुध, १ किलो पिठो र १ किलो चामलको भात खान्छ । भालुको खाना खर्च कटाएर महिनामा १५ हजार रुपैयाँ कमाई हुने गरेको नट समुदाय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्