Logo

महरा भन्छन्ः नेकपाको निर्देशन मान्दिन, सांसद पद छाड्दिन



कखरा संवाददाता


३ कात्तिक, काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेको निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।

महराले आफूले सभामुखको निर्वाचनसँगै पार्टीको साधारण सदस्य त्याग गरेको भन्दै आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् ।

यौन दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर महराले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । समाचार राजधानी दैनिकमा छ ।

उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्