३ कात्तिक, काठमाडौं । मादक पदार्थ सेवन गरी एक प्रहरीले एकल महिलालाई बलात्कार गरेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित पत्रङबारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीले घरमै पुगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।
गत बुधबार मध्यराति सुतिरहेकाबेला जबरजस्ती घरमा पसेर बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् । पीडितको जाहेरीपछि अधिकारीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ । समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।