Logo

प्रेम सम्बन्धले लियो आमाछोरीको ज्यान



कखरा संवाददाता


१ कात्तिक, काठमाडौं । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विशेषज्ञसहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र छोरी ६ वर्षीय रचना चौधरीको हत्यामा यस्तो निष्कर्ष निकालेको हो ।

अनुसन्धानका क्रममा घटनाको सूचना पाएको ६ घण्टामा पक्राउ परेका सिरहा लहान नगरपालिका–८ घर भइ हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगाडामा भाडामा बस्दै आएका ४० वर्षीय रामहरी साहको बयानबाट प्रहरीले यो निष्कर्षमा पुगेको हो । प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले प्रेम सम्बन्धले वैद्यता नपाएपछि घटना भएको बताए ।

उनले भने, ‘मृतक र आरोपितबीच २०७३ सालबाट सम्बन्ध थियो, त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न दबाव दिँदा मृतकले अस्वीकार गरेपछि हत्या भएको देखिन्छ ।’ अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्