Logo

इन्स्टाग्रामबाट आम्दानी : मेस्सी र रोनाल्डोमा को अगाडि ?



कखरा संवाददाता


३० असोज, एजेन्सी । सामाजिक सञ्‍जाल इन्स्टाग्रामबाट सबैभन्दा बढी कसले आम्दानी गर्ला ? हालै भएको एक अध्ययनले इन्स्टाग्रामबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी आम्दानी गर्नेमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अगाडि छन् ।

रोनाल्डोले पछिल्लो एक वर्षमा इन्स्टाग्रामबाट ३८.२ मिलियन पाउन्ड आम्दानी गरेको एक अध्ययनले देखाएको छ । रोनाल्डोका ३४ प्रायोजित पोस्टबाट यति आम्दानी भएको हो। उनले हरेक पोस्टबाट औसतमा ७ लाख ८० हजार पाउन्ड आम्दानी गरेको जनाइएको छ।

अर्का फुटबलस्टार लियोनल मेस्सीले यो अवधीमा १८ मिलियन पाउन्ड कमाएको जनाइएको छ । मेस्सीले ३६ वटा प्रायोजित पोस्टहरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्