Logo

कपिलको एक एपिसोडको पारिश्रमिक खुलासा



कखरा संवाददाता


३० असोज, एजेन्सी । टिभीका चर्चित हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा विभिन्न सेलिब्रटीको उपस्थिती हुन्छ । हालैको एपिसोडमा कपिलको शोमा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले उनको पारिश्रमिकबारे अचम्मित गरिदिने खुलासा गरेका छन् ।

कपिल शर्मा आफ्नो शोमा आएका उदित नारायणसँग निकै मस्ती गरिरहेका थिए । यतिबेला कपिलले उदित नारायणलाई भने, ‘तपाईंको जति प्रिय आवाज छ, त्यति नै निर्दोष तपाईंको अनुहार छ । तपाईंको अनुहार हेर्दा यस्तो लाग्छ कि तपाईंले अहिलेसम्म कसैको पैसा खानुभएको छैन । यस्तो पनि लाग्छ कि तपाईंको पैसा धेरैजनाले खाएका छन् ।’

कपिलको यस्तो कुरा सुनेर सबैजना हाँसे । यस्तै, कपिलको कमेन्ट सुनेर उदित नारायणले तुरुन्तै भने, ‘तपाईंले त संघर्ष गर्न आवश्यक छैन । सुनेको छु कि तपाईंले एक–एक एपिसोडको १–१ करोड लिनुहुन्छ ।’

उदित नारायणको यो शानदार जवाफ सुनेर सबैजना बेस्सरी हाँसे र कपिल शर्माको बोली नै बन्द भयो । त्यसपछि कपिल शर्माले एक एपिसोडको एक करोड पारिश्रमिक लिने गरेको खबर फैलियो । यद्यपि, उदित नारायणले ठट्टामा यस्तो भनेका हुन् कि साँचो नै हो भन्नेबारे केही आधिकारीक जानकारी उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस्