Logo

‘अब आर्थिक विकासका लागि सद्भावना दूत बन्न ध्यान दिनुहोस्’



कखरा संवाददाता


२९ असोज, काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको नवौँ विश्व सम्मेलन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह्यातमा एक विशेष कार्यक्रमकाबिच उक्त सम्मेलनको उद्घाटन गरेकी छन् । उद्घाटनका क्रममा उनले नेपालीका लागि गर्व हुने गरी एनआरएनएले सहयोग पुर्याएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी छन् ।

उनले नेपालको विकास र समृद्धि स्थापित गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यो संस्थाले विगत डेढ दशकमा अनेक भूमिका महत्वपूर्ण भएको बताइन् । पूर्वाधार विकास, शैक्षिक विकास र लोककल्याणमा पुर्याएको योगदानले निरतन्तरता पाओस भन्ने आफ्नो इच्छा रहेको उनको त्यस अवसरमा सुनाएकी थिइन् ।

देशभक्ति र मायालाई भौगोलिक सीमाले कहिल्यै नरोक्ने र त्यसलाई झन बलियो बनाउने उनको धारणा थियो ।एनआरएनले साझा धारणको विकासको अवधारणा अघि बढाएको र संसाभर छरिएर रहेका नेपालीलाई एकै ठाउँमा ल्याउन र उनीहरुका दुःखलाई समाधमन गर्न भूमिका खेलेको उनको भनाई थियो ।

वुद्ध जस्त विश्वमा सद्भावना दूतको रुपमा आफूलाई विकास गर्नु पर्ने र उच्च शिक्षा, ज्ञान, सीप र अन्य गतिविधिलाई नेपालको विकासमा सहयोगी बन्नु पर्ने सुझाव भण्डारीको गैरआवसीय नेपालीलाई थियो । नेपालको विकासमा गैरआवासीय नेपालीले नेपालमा रहेका नेपालीसँग सहकार्य र हातेमालो गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।

स्थिर राजनीतिको अहिलेको अवस्थामा सरकार आर्थिक विकासलाई तिव्रता दिन चाहेको र त्यसमा सहयोग गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह समते गरेकी छिन् । विकास र समृद्धिको यात्रालाई एउटा अभियानको रुपमा अघि बढेको र त्यसलाई बलियो बनाउन पनि विदेशमा बस्ने नेपालीको भूमिका रहनु पर्ने उनको सुझाव छ ।

गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई सहजीकरण गर्न सरकारले विशेष नीतिगत व्यवस्था गरेको उनको बताइन् । सहज र सरल संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न र अझ अनुकुल वातावरण बनाई विदेशमा बस्ने नेपालीको ज्ञान, सीप र प्रविधि र पूजिलाई भित्राउन सहयोग गर्नु पर्ने देखिएको उनको भनाई छ ।

नेपाली समाज जातिय, भाषिक र एकताको अनुपम परम्पराको गाथा भएको र त्यसको संरक्षण गर्नु पर्ने सबै नेपालीको कर्तव्य भएको र त्यसमा ध्यान दिन आग्रह उनले गरिन् । सुख दुःखलाई आत्मसाथ गर्ने नेपालीको विशेषता भएको उनको भनाई थियो र सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान हुने अपेक्षा आफ्नो भएको भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्