Logo

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा



कखरा संवाददाता


२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष आचार्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्

उनले संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महशुस गर्ने संघ बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले आफ्नो उम्मेदवारीसंगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गरेका छन् ।

उनले झन्झटमुक्त गैह् आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधार मा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन् ।

उनले संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैह आवासीय नेपाली समुदायको चाहना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता जनाए ।

यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । मंगलबार देखि शुरु हुने गैह् आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्