Logo

‘छ माया छपक्कै’ले ‘छक्का पञ्जा ३’ को रेकर्ड तोड्यो



कखरा संवाददाता


२६ असोज, काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको पहिलो दिन शुक्रबार बम्परको ओपनिङ गर्दै नयाँ व्यापारिक रेकर्ड कायम राख्न सफल भएको छ । फिल्मका निर्माता दिपकराज गिरीले ‘छ माया छपक्कै’ले शुक्रबार ‘छक्का पञ्जा ३’ को भन्दा बढी ग्रस कलेक्सन गरेको बताए ।

यद्पी निर्माता गिरीले छ माया छपक्कैको शुक्रबारको एकिन ग्रस कलेक्सन भने खुलाउन चाहेनन् । दशैंको अवसर पारेर गत सालको घटस्थापनामा प्रदर्शन भएको छक्का पञ्जा ३ ले प्रदर्शनको पहिलो दिन झण्डै एक करोड ७३ लाखको ग्रस कलेक्सन गरेको थियो । ‘दर्शकको माया छपक्कै छ, यो नै ठुलो कुरा हो’, फिल्ममा निर्देशन सल्लाहकारको रुपमा रहेकी दिपाश्री निरौलाले भनिन् ।

शुक्रबार जस्तै शनिबार पनि छ माया छ पक्कै टिम राजधानीका हलहरुमा दर्शकसँग साक्षत्कार गरिरहेको छ । दिपक, दिपा सहित नायिका केकी अधिकारी, कलाकारहरु जितु नेपाल, अर्की नायिका सुपुष्पा भट्ट लगायत हल यात्रामा छन् । कलाकार केदार घिमिरे माग्ने बुढा भने अस्वस्थ भएका कारण शनिबार हलहलमा हिंड्न सकेनन् । ‘छ माया छपक्कै’लाई दर्शक तथा समिक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्