Logo

नेकपा कैलाली अध्यक्षको परस्त्रीसँग संवाद : हुनुपर्ने सबै भइसकेको छ, अब फेरि कस्तो माया ?



कखरा संवाददाता


२६ असोज, काठमाडौं । मैले सबै काम गरिसक्या हुँ यो महिला ,पैसावाल हो यसको स–परिवार अष्ट्रेलियामा बस्छन् । कहिले काहीँ नेपाल आउछे अथाहा पैसा छ । मैले पट्याए को छु ।

भन डार्लिङः किन फोन काटेको ?
छोरा आएको थियो बोलाउन त्यसैले फोन काटेको के ।
घर नजिकैको होटलमा अलिअलि खाँदैछु ।
बुढी कता छन् ?
बुढी घरमै छिन् ।

यो टेलिफोन संवादको अंश हो । संवाद अनुसार कुरा गर्ने पुरुषको छोरा र श्रीमतीसमेत भएको स्पष्ट छ ।

यो संवाद कुनै अल्लारे केटाकेटीबीचको होइन, कैलाली नेकपाका अध्यक्ष रतन थापा र उनकै भनाइ अनुसारकी प्रेमिकाको हो ।थापा सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन् ।

दुई श्रीमती र पाँच सन्तानका पिता थापाको टेलिफोन संवाद यत्तिकैमा रोकिँदैन उनकी प्रेमिका भनिएकी महिला भन्छिन रक्सी खाएको बेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो ।

संवादको केही अंश
थापाः मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन । तिमीसँग हुनुपर्ने सबै भइसकेको छ अब फेरि कस्तो माया गर्ने ?
महिलाः माया भनेको त्यत्ति मात्रै हो र ? म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न
थापाः हजुर जस्तो जहाजमा आइरहने पैसा मसँग कहाँ छ र ? ‘ल ल हजुर जैले भनिबक्सिन्छ म आउँछु ।
महिलाः म भोलि नै आउनु भन्छु हजुरलाई
थापाः हुन्छ ल ल टिकट पाए भोलि नै आउछु । म साथीसँग छु । सबै चिज गरिसकेको छु अब कस्तो माया चाहियो ?

दुई जनाबीचको यतिसंवाद भएपछि अरुको अघि आफ्नो पोल खोलेकोले रिसाएर होला महिलाले फोन काट्छिन् ।

थापा मदिरा सेवन पाटनरसित भन्छन्– महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउछन् । यो महिला अर्बपति छ, नेवार समुदायकी हो निक्कै राम्री पनि छ । यिनीहरुको अष्ट्रेलियातिर समेत कारोबार छ । श्रीमान छैन एक छोरी छ । मैले नेपालगञ्ज आउ भन्ने बित्तिकै काठमाडौंबाट जहाजको टिकट काटेर आइहाल्छ थापाले साथीलाई सुनाउँछन् ।

फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो गर्छिन । सांसद थापाले उनलाई जवाफ दिँदै भन्छन् मैले कम माया गरेको छु र ? महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन् । केही महिना अघिको थापा र उनकी प्रेमिकाको यो अडियो बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्