Logo

सीकाे ६ प्रतिबद्धता



कखरा संवाददाता


२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताउनुभएको छ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउनुभएका सीले साँझ होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरदेखि काठमाडौंसम्म सुरुङ मार्ग निमार्ण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सीको प्रतिबद्धता
–हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने
–रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङ मार्ग निमार्ण गर्ने
–अरनिको राजमार्गको स्तरोन्नति गर्ने
–भूकम्पपछिको पुनर्निर्माण परियोजनालाई दु्त गतिमा सक्ने
–नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने
–जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्ने

प्रतिक्रिया दिनुहोस्