Logo

समाजवादी पार्टीकी नेतृ निवासबाटै पक्राउ



कखरा संवाददाता


२५ असोज, राजविराज । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दा परेको भन्दै शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।

महानगरी प्रहरी वृत्त कमलपोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।‘साह विरुद्ध महानगरीय प्रहरी वृत्तमा अभद्र व्यवहारको मुद्दा परेको छ’ उहाँले भन्नुभयो–‘आवश्यक अनुसन्धानकालागि साहलाई नियन्त्रणमा लिइ काठमाडाैं पठाउने तयारी भइरहेको छ ।’

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने भन्दै नेतृ साहलाई नियन्त्रणमा लिइएकाे हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्