Logo

लाज छोप्न करोडौंको खर्च



कखरा संवाददाता


२५ असोज, काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंलाई चिटिक्क पारिएको छ । राष्ट्रपति सी सवारी हुने सडक छेउछाउका संरचना रंगाइएको छ ।

भत्किएका जीर्ण संरचनाहरु बनाइएका छन् र फोहर थुप्रिएका सथान रंगिन व्यानरले छोपिएका छन् । अस्तव्यस्थ तीनकुनेमा फूल र बिरुवा रोपिएका छन् । विमानस्थलदेखि सी सवारी हुने सडक कालोपत्रे गरी चिल्लो बनाइएको छ । सडकमा कृतिम गेटहरु निर्माण गरिएका छन् ।

पाहुना आउँदा भित्री कुरुपता छोपिएका छन् । ‘दुई दिनलाई देखाउन करोडौं खर्च गर्नु राम्रो होइन, विकास निर्माण दिगो हुनु पर्छ ।’ तीनकुनेमा भेटिएका अजय घिमिरेले बताउनु भयो । नागरिक दैनिकमा समाचार छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्