Logo

यस कारण रोकियो महराको बयान



कखरा संवाददाता


२५ असोज, काठमाडौं । महिला बलात्कार प्रयासमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान रोकिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान शुरु हुन लाग्दा महराले आफूलाई स्वस्थ्यमा समस्या भएको बताएपछि बयान रोकिएको हो ।

बयान लिनु अघि कुराकानीका क्रममा महराले छाती दुखेको बताएपछि बिहीबारदेखि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन् । ‘हामै अगाडि बयान लिनु अघि समान्य कुरा भएको हो, बयान थाल्नै लाग्दा उहाँले स्वास्थ्यमा समस्या भएको बताउनुभयो, अस्पताल भर्ना भएपछि बयान हुने कुरै भएन’ एक सरकारी वकिलले भने अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले त्यसपछि मात्रै बयान होला ।

फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिनुपर्ने कानुनी व्यवस्था छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्