Logo

मोबाइल इन्टरनेट स्पीडमा भारतभन्दा नेपाल अगाडि



कखरा संवाददाता


२४ असोज, एजेन्सी । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा छ । यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।

रिपोर्टअनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सूचीमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ ।

दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।

श्रीलंका सूचीको ८३औं स्थानमा छ भने पाकिस्तान ११८ औं स्थानमा छ । त्यस्तै नेपाल पनि भारतभन्दा अगाडि छ । १०.७८ एमबीपीएस रहेको नेपाल सूचीको १३० औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्