Logo

रौतहटको एक घरमा आगलागी हँदा भैँसी–बाख्रासहित धनमाल जलेर नष्ट



कखरा संवाददाता


२० असोज, रौतहट । रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् ।

राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए ।

ईलाका प्रहरी कार्यालय राजपुर बाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया विप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।

हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामबिश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्