१७ असोज, काठमाडौं । नाइजेरियाको राष्ट्रिय टिमका पूर्व खेलाडी इसाक प्रोमिसको ३१ वर्षकै उमेरमा निधन भएको छ । अमेरिकी क्लब अस्टिन बोल्डबाट व्यवसायिक फुटबल खेल्दै आएका उनको बुधबार राति निधन भएको जनाइएको छ ।
तर निधनको कारण भने खुलाइएको छैन । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा नाइजेरियाले उनको कप्तानीमा फुटबलमा रजत पदक जितेको थियो ।