Logo

वडासदस्यले तिरे दलित परिवारको विद्युत महसुल



कखरा संवाददाता


१५ असोज, काठमाडौं । सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका एक वडासदस्यले दलित परिवारको विद्युत महसुल तिरिदिएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित सोनाम ग्याल्जेन शेर्पाले वडाका ३२ परिवारको विद्युत महसुल तिरेका हुन् । शेर्पाले नगरपालिकाको मासिक ९ हजारमा दलित परिवारको ६ हजार थप गरी १५ हजार विद्युत महसुल तिर्दै आएका छन् ।

नगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शेर्पाले दलित परिवारका घरमूलीलाई पछिल्लो ६ महिनाको महसुलबापत्को रकम वितरण गरेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्