Logo

‘उहाँ मेरो बाउसमानको मान्छे, दुर्व्यवहार भएको छैन’



कखरा संवाददाता


काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ ।  तर सभामुखको राजीनामा पछि भने ती महिलाले आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छन् । ८ वर्षदेखि डिप्रेशनकाे औषधि सेवन गरिरहेकी भएकी ती महिलाको बोली फेरिएको छ ।

महिलाको भनाई

(सभामुखले राजीनामा दिनुअघि)
उहाँ(सभामुख महरा)ले साँझ ७ बजे म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो । आज दशैं सँगै मनाऊँ’ भन्नुभयो । पहिल्यै खाएर आउनु भएको रहेछ । फेरि २ गिलास खानुभयो ।

कोठामा पस्ने बित्तिकै जर्बजस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइबाट मेरो जीउ थिलोथिलो भएको छ । यो भन्दा पहिले पनि ममाथि दुर्व्यवहार प्रयास भएको थियो ।

उहाँलाई मैले २०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थे । त्यहाँ बस्दा फेमली जस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने लागेको सोच्या थिइँन । प्रहरी बोलाउँछु भनेपछि मात्रै जानुभयो । ‘यतिसम्म गरिस् कि त हुँदैनस्, कि म रहन्न’ भनेपछि जानुभएको हो ।

उहाँ (महरा)ले  ‘कति बेला आऊँ,  के गरौं ?’ भनेर जतिबेला पनि त्यही कुरा गर्नुहुन्थ्याे । त्यो भन्दा मलाई मनै पर्दैन्थ्यो ।

सभामुखले राजीनामा दिएपछि
उहाँ (सभामुख महरा) मेराे डेरामा आउनु भएकै छैन । नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसदमा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाही फोनमा पनि कुरा हुन्छ ।

मैले उहाँलाई मेरो बुबा जस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरुले नै भोग्नुपर्ला ।

मैले एक पटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भएको छ । त्यो मिलाई दिनुहोला भनेकी थिएँ । हुन्छ  हुन्छ भन्नुभएको थियो तर भएन । त्यसपछि मलाई रिस उठ्यो । म अलि डिप्रेशनमा पनि छु । औषधि खाइरहेको छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।

हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरु कसैले होइन । डिप्रेशनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरी लगायत क–कसलाई फोन गरेँ थाहा छैन । तर अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाबिलिस’ हुने खालको माहोल मैले देखेँ।  विभिन्न सञ्चारमाध्यमबाट संकलित

प्रतिक्रिया दिनुहोस्