Logo

दशैंको मुखमा भारतले रोक्यो प्याज, मूल्य अझै बढ्ने



कखरा संवाददाता


१३ असोज, काठमाडौं । महान चाड दशैंको शुरुवातसँगै नेपालमा छिमेकी मुलुक भारतबाट व्याज आउन रोकिएको छ । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतले घरेलु बजारमा बिक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिणाम तोकेको छ । भारतले प्याज बिक्री परिणाम तोकेपछि त्यसको असर नेपालमा पनि परेको हो । यसले नेपालीबनारमा प्याजको मूल्य झनै आकाशिने संभावना बढेको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।

भारतीय नीतिले नेपाली बजारलाई प्रभावित पार्दै आएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एक पटकमा ५ किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ ।

मन्त्रालयले थोक बिक्रेताको हकमा अधिकत्म ५ सय र खुद्रा व्यापारीको हकमा एक सय क्विन्टल मात्रै भण्डार गर्न पाउने कोटा तोकेको छ । भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् ।

काठमाडौं प्याजको थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म प्गेको छ । खुद्रा व्यापारीले १ सय ५० रुपैयाँमा बेच्दै आएका छन् । प्यापको मूल्य एक महिनामै ह्वात्तै बढेको हो । कालिमाटी फलफूल तथा सरकारी बजार विकास समितिका अनुसार प्याज भदौ १५ सम्म प्रतिकिलो ६० रुपैयाँ थियो । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्