Logo

चाडपर्वमा प्रहरीले बिदा नपाउने



कखरा संवाददाता


१३ असोज, काठमाडौं । चाडपर्वको अवधिभर देशैभरिका प्रहरीले बिदा नपाउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक र प्रशासन कार्यमा खटिएकाबाहेक दशैं, तिहार, छठ लगायत शान्तिसुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा तैनाथ जनशक्तिलाई घरबिदा नदिन महानगरिय प्रहरीसहित सातवटै प्रदेश र जिल्लाका प्रहरी कार्यालयलाई परिपत्र गरेको हो ।

सुत्केरी स्याहार र क्रिया बिदाबाहेक कसैलाई पनि घरबिदामा दशैं अवधिभर नछाड्न देशभरका कार्यालयमा परिपत्र गरिएको प्रधान कार्यालयले जनाएको छ । घरबिदामा जान नपाएका फौजले ब्यारेकमै दशैं मनाउनेछन् । समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्