Logo

‘नेकपा सिंह झैं गर्जिएर देशव्यापी अभियानमा जान्छ’



कखरा संवाददाता


११ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सम्पूर्ण जनताको एक मात्र पार्टी बनाउने दाबी गर्नुभएको छ ।

पार्टी सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले त्यसको लागि देशभर अभियान संचालन गरिने बताउनु भयो । ‘नेकपा सिंहको झैं गर्जन लिएर देशव्यापी अभियानमा जान्छ’ उहाँले भन्नुभयो, ‘नेता, आम कार्यकर्ता र जनतासँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान संचालन हुनेछ । १० लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुनेछ ।’

अध्यक्ष दाहालले एकता पूर्ण रुपमा नटुंगिँदा १० लाख कार्यकर्ता अहिले निस्क्रिय भएको उल्लेख गर्नुभयो । ‘अब अभियान संचालन भएपछि सबै कार्यकर्ता सक्रिय हुनेछन्’ उहाँले भन्नुभयो, ‘अभियानमा एक मन, एउटै विचारका साथ अघि बढनेछ ।’

प्रतिक्रिया दिनुहोस्