Logo

हामी बिचार निर्यात गर्दैनौं : चीन



कखरा संवाददाता


१० असोज, काठमाडौं । चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो ।

‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । आगामी दिनमा पनि गर्दैनौं ।’

राजधानिको एक कार्यक्रममा राजदूत होऊले राष्ट्रपति सी चिनफिङको विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको बताइन् । राजदूत होऊले दुई कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई अन्यथा लिन नहुने बताइन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस्