Logo

दसैंका यात्रुले टिकट पाएनन्



कखरा संवाददाता


१० असोज, काठमाडौं । दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् ।

पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् ।

गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्