Logo

५ घण्टामा पनि निभेन कार्टुन उद्योगमा लागेको आगो



कखरा संवाददाता


७ असोज, भरतपुर । चितवनको भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको कार्टुन बनाउने उद्योगमा लागेको आगो आगलागी पाँच घन्टादेखि निभाउने प्रयास भइरहेको छ ।

भद्रनारायण पियाद्वारा सञ्चालित उद्योगमा विहान साढे ३ बजेतिर विद्युत् सर्ट भएर लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

घटनास्थलमा पाँचवटा दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्