Logo

पूर्वमन्त्री बिक पक्राउ



कखरा संवाददाता


७ असोज, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इञ्चार्ज नवीन बिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार राति ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका बिक पूर्व राज्यमन्त्री हुन् ।

यस अघि विप्लवका उपत्यका इञ्जार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेपछि नेकपाले बिकलाई जिम्मेवारी दिएको थियो । त्यसकाे एक महिनामै बिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्