Logo

यार्सा बेचेर मोटरसाइकल



कखरा संवाददाता


४ असोज, काठमाडौं । तिब्बतसँग जोडिएको गाउँ डोल्पा । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडाका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किन गरी मोटरसाइकल गुड्छन् । स्पिकरमा तिब्बतीमा गति घन्काउँदै ।

डोप्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेका छन् ।

सदरमुकाम दुनै सडकले जोडिएको एक वर्ष मात्रै भएको छ । तर यो दुर्गम गाउँमा तीन सय भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेको छन् । बृद्धडोल्पो दुनैबाट तीन दिन पैदल दूरीमा छ ।

यहाँका ६ वटै वडामा मोटरसाइकल चलिरहेका छन् । यही गाउँपालिकाको धो ताराप नेपालकै सबैभन्दा अग्लो स्थानको मानव बस्ती हो । त्यहाँ चल्ने मोटरसाइकल १ लाख ३० हजारदेखि ३ लाख रुपैयाँसम्म छन् । वडा ३, ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल यार्सा बेचेर ल्याएका हुन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्