Logo

बेस्ट एक्टर बने रणवीर, दीपिकाको आँखामा आँशु



कखरा संवाददाता


३ असोज, काठमाडौं । आइफा अवार्ड २०१९ मा रणवीर सिंहलाई चलचित्र पद्मावतका लागि बेस्ट एक्टरको अवार्ड मिल्यो । बेस्ट एक्टरको अवार्ड प्राप्त भएपछि जब स्टेजमा रणवीर सिंहले स्पीच दिन सुरु गरे दीपिका पादुकोण भावुक भइन् । भाइरल भिडियोमा दीपिकाको आँखामा आँशु प्रष्ट देखिन्छ ।

जब बेस्ट एक्टरका लागि रणवीर सिंहको नाम घोषणा भयो उनले सबैभन्दा पहिले पत्नी दीपिका पादुकोणको गालामा चुम्बन गरे । दीपिकाको छेउमा बसेकी आलिया भट्टलाई रणवीरले अंकमाल गरे । अवार्ड लिएपछि रणवीरले आफूलाई दीपिकाले हरेक दिन इन्स्पायर गर्ने गरेको बताए ।

‘यो बेला मेरी पत्नी फ्रन्ट रोमा बसेर मलाई ठूलो गर्वका साथ हेरिरहेकी छिन्, म यो भन्दा धेरै के माग्न सक्छु, अरु के माग्न सक्छु भगवानसँग’, रणवीरले भने । रणवीरले यस्तो भनिरहँदा दीपिकाको आँखामा आँशु छचल्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्