Logo

एससिटीको नयाँ भर्सन: नयाँ प्रविधि, थप सेवा



कखरा संवाददाता


३ असोज, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)ले ‘इन्नोभेटिभ प्रोडक्ट एण्ड सर्भिस’सहित थप सेवाको सुरुवात गरेको छ।

ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा बुधबार आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष देवी प्रकाश भट्टचनले कन्ट्याटलेस प्रिपेड कार्डलाई थप नयाँ सेवाको रुपमा प्रस्तुत गर्ने बताए।

उनले आगामी दिन विभिन्‍न भुक्तानी कम्पनीहरुसँग सहकार्य गरी युनियन पे स्ट्यान्डर्ड क्यूआरसी सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्‍यक्त गरे।

नेपालमा एससिटीले विगत १६ वर्षदेखि विद्युतीय भुक्तानीका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्